Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलएनएसएलको उपाधि ललितपुर सिटीलाई, धनगढी पुनः अभागी

एनएसएलको उपाधि ललितपुर सिटीलाई, धनगढी पुनः अभागी


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटी एफएसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले पराजित गर्दै ललितपुर सिटीले उपाधि जितेको हो ।

खेलमा अग्रता धनगढीले लिएको थियो । धनगढीको लागि खेलको ३८ औं मिनेटमा ओलेवाला अफिजले गरेका थिए । तर, त्यो अग्रता धेरैबेर टिक्न सकेन । तर, पहिलो हाफको इन्जुरी समयमा ललिपुरको लागि इमो एजिकेलले गरे । उनले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो ।

खेलको दोस्रो हाफमा पनि ललितपुरले पकड बनाएको थियो । खेलको ४९ औं मिनेटमा ललिपुरका दिनेश हेम्जनले गोल गरे भने ५८ औं मिनेटमा पुनः एजिकेलले गोल गरेर खेललाई ३–१ गोलको स्थितिमा पुर्याए ।

खेलमा निकै पछि परेपछि धनगढीले आक्रामक रणनीति बनाएको थियो । तर, ललितपुरका डिफेन्डरहरु र गोलकिपर बाल्टुसले धनगढीको प्रयासलाई बिफल बनाए । खेलको इन्जुरी समयमा धनगढीका अहमद हिजाजीले गोल फर्काएपछि धनगढीको गोलकिपर टिकेन्द्र पनि ललितपुरको डिबक्समा आएर गोलको प्रयास गरेका थिए । तर, धनगढी खेलमा फर्कन नसक्दा पुनः उपाधिबाट बन्चित भएको हो ।

एनएसएलको पहिलो सिजनमा पनि धनगढी फाइनलमा काठमाडौँ रेजर्ससँग पराजित भएको थियो । यस सिजन पनि काठमाडौँ उपत्यकाभित्रको अर्को टिम ललितपुरसँग धनगढी पराजित भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

Techie IT