ब्राइटनसँग टोटेनहमको लज्जास्पद हार
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले सानदार जित निकालेको छ । गएराति भएको खेलमा ब्राइटनले टोटेनहमलाई ४–२ गोलले पराजित गरेको हो । घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन जोआओ पेड्रोले दुई तथा ज्याक हिन्सेलवुड र पेर्भिस स्टुपिनानले एक–एक गोल गरे ।
पेड्रोले दुबै गोल पेनाल्टीमा गरेका हुन् । खेलको ११ औं मिनेटमा हिन्सेलवुडले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा पेड्रोले पेनाल्टीमा गोल गर्दै टोलीलाई २–० गोलले अघि बढाए ।
यस्तै, इस्टुपिनानले ६३ औं र पेड्रोले ७५ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौंथो गोल गरे । यता, ८१ औं मिनेटमा अलेजो भेलिजले र ८५ औं मिनेटमा बेन डेभिसले गोल गरेपनि टोटेनहमको हार टार्न सकेनन् ।
यो नतिजासँगै टोटेनहम १९ खेलबाट ३६ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । ब्राइटन ३० अंकका साथ आठौं स्थानमा छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई
काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित