Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल सुपर लिगः फाइनल पुुग्नका लागि पोखरा र ललितपुर भिड्दै

नेपाल सुपर लिगः फाइनल पुुग्नका लागि पोखरा र ललितपुर भिड्दै


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । पोखरा र ललितपुरबीचको खेलको विजेताले शनिबार हुने फाइनलमा धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई टाईब्रेकरमा हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भए पनि पोखराले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । यस्तै, ललितपुरले एलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सलाई ३–० को सहज जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

लिग चरणमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका थिए । नकआउट खेल भएकोले दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

Techie IT