Techie IT
२०८१ फागुन २६, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलप्रधानमन्त्री कप महिला क्रिकेटमा मधेश प्रदेशको पहिलो जित

प्रधानमन्त्री कप महिला क्रिकेटमा मधेश प्रदेशको पहिलो जित


काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ११३ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले १९.४ ओभरमा अल आउट हुदै ८५ रन बनाएपछि मधेश प्रदेश २७ रनले विजयी भएको हो ।

यस अघि मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो ।

यो जारी प्रतियोगितामा मधेश प्रदेशको पहिलो जित हो । मधेश प्रदेशको ४ खेलमा २ अंक हासिल गर्दै सातौं स्थानमा रहेको छ । त्यस्तै गण्डकी प्रदेशको भने ४ खेलमा २ अंक रहेको छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ ।

अब मधेश प्रदेशले बुधबार सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ भने गण्डकी प्रदेशले बुधबार नै कोशी प्रदेशको सामना गर्ने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT