Techie IT
२०८१ फागुन २६, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेल‘ए’ डिभिजन लिगमा आज चार खेल

‘ए’ डिभिजन लिगमा आज चार खेल


काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज चार खेल हुँदैछ । दिउँसो तीन फरक मैदानमा एकैपटक खेल हुनेछ भने साँझ अर्को खेल हुनेछ ।

२४औं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई तथा एन्फा कम्प्लेक्स र च्यासल रंगशालमा एक–एक खेल हुन लागेको हो ।

उपाधि होडमा रहेको दोस्रो स्थानको मछिन्द्रले च्यासल मैदानमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल तीन बजे सुरु हुनेछ ।

शीर्ष स्थानको चर्च ब्वाइजसँग पाँच अंकले पछि रहेको मछिन्द्रका लागि उपाधि होडमा रहन पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ ।

यता, पुलिसलाई पनि आजको खेल जितेर शीर्ष तीनमा रहने मनसायका साथ मैदानमा उत्रनेछ । मछिन्द्रलाई हराएमा पुलिसले तेस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गर्नेछ ।

यस्तै, दशरथ रंगशालमा दिउँसो तीन बजे एनआरटी र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ । शेर्पा २३ खेलमा ३० अंक जोडेर आठौं स्थानमा छ भने समान खेलबाट एनआरटी २९ अंक जोडेर १० औं स्थानमा छ ।

आजको खेलमा विजयी हुने टिम रेलिगेसनबाट लगभग उत्रनेछ । पराजित हुने टिम भने रेलिगेसन दबाबमा हुनेछ ।

यस्तै, पुछारमा रहेको खुमलटार र रेलिगेसन जोनभन्दा २ अंकले मात्र अघि रहेको संकटा क्लबबीच एन्फा कम्प्लेक्समा तीन बजे खेल हुनेछ । संङ्कटा २३ खेलबाट २७ अंकसहित १२औं स्थानमा छ भने खुमलटार २४ अंकसहित पुछारमा छ ।

यस्तै, रेलिगेसन जोनमा रहेको अर्को क्लब फ्रेण्ड्सले साँझ ६ बजे दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्दैछ । मनाङ २३ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा छ भने फ्रेण्ड्स २५ अंकसहित १३औं स्थानमा छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT