गृहपृष्ठ ∕
खेल ∕
ललितपुर सिटीका सहायक प्रशिक्षक सिलाकारलाई एनएसएलले लगायो प्रतिबन्ध ललितपुर सिटीका सहायक प्रशिक्षक सिलाकारलाई एनएसएलले लगायो प्रतिबन्ध
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को आयोजकले ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रविन्द्र सिलाकारमाथि प्रतिबन्ध लगाएको छ । आयोजकले एक विज्ञप्तीमार्फत उनीमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।
गत मंगलबार भएको खेलमा सिलाकारले खेल सञ्चालन गरेका रेफ्री सुरोजित दासमाथि दुर्व्यवहार गरेको एनएसएलको ठहर छ । स्पोर्टिङ इलामसँगको खेलपछि रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै अनुशासन समितिको सिफारिसमा सिलाकारलाई तत्काल लागु हुने गरी एनएसएलको यो सिजनमा कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । त्यस्तै, सिलाकारमाथि २० हजार रुपैयाँ जरिवाना पनि गरिएको छ । उनिमाथि गरिएको जरिवाना रकम क्लबले नभई व्यक्ति स्वयंले तिर्नुपर्नेछ ।
त्यस्तै, इलामका गोलकिपर विकेश कुथुमाथि व्यक्तिगत १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ । कुथुले वीरगञ्ज युनाइटेडसँगको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका
फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा
काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै
काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो
काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति
काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को