Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलएनएसएलमा चितवनको पहिलो जित

एनएसएलमा चितवनको पहिलो जित


काठमाडौँ । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा पहिलो जित दर्ता निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

चितवनको जितमा विमल घर्तीमगर र टोरिक जेब्रीनले समान एक–एक गोल गरे । यता, वीरगञ्जका लागि भने आइकिन्स बाफुरले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा विमलले गोल गर्दै चितवनलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ५५औँ मिनेटमा वीरगञ्जका आइकिन्सले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६८औँ मिनेटमा चितवनले खेलमा पुनः अग्रता लियो । चितवनका टोरिकले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

यससँगै चितवनले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित चार अङ्क जोडेको छ । वीरगन्ज भने दुवै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको छ ।

प्रतियोगितामा भोलि दुई खेल हुँदैछन् । जसमा पहिलो खेल १ बजे झापा एफसी र पोखरा थन्डर्सबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा साँझ ५ः३० बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT