गृहपृष्ठ ∕ खेल ∕ कोशीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमाकोशीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा नेपालीपत्र मंगलबार, २०८० मंसीर १२ गते, १६:५३ मा प्रकाशित खेल पोखरा। कोशी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालाको क्रीकेट मैदानमा मंगलबार कोशी प्रदेशलाई ३९ रनले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो।टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भएको हो।कोशीका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए। यस्तै समिर कार्कीले ३४, सुजन थपलियाले २१ र विकेटकिपर ब्याटर मिनाश थापाले १६ रन बनाए।यता आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरेका थिए। सन्तोष ४१ बलमा ५० रन बनाएर रिटार्ड हर्ट र भीम २४ बलमा ५३ रन बनाएर आउट बनाए। आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ को यागदान दिए। #कोशी प्रदेशग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेकाठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखिकाठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरूकाठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाईपाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुनेबैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घकाधेरै पढिएका खबर १ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ २ काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय पक्राउ ३ चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन ४ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ५ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक ६ दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ ७ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?The Film Nepal