Techie IT
२०८१ चैत्र ४, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलन्युक्यासलसँग चेल्सीको लज्जास्पद हार

न्युक्यासलसँग चेल्सीको लज्जास्पद हार


काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा न्युक्यालले चेल्सीलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदान जेम्स पार्कमा भएको खेलमा न्युक्यासल एकपक्षीय हाबी बन्यो । खेलको १३ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

२३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए । उनले फ्रिकिकमार्फत सुन्दर गोल गरे । त्यसपछि खेलको दोस्रो हाफमा न्युक्यासलले तीन गोल थप्यो । ६० औं मिनेटमा जमाल लासेलेस, ६१ औं मिनेटमा जोएलिन्टन र ८३ औं मिनेटमा एन्थोनी गोर्डनले गोल गरे ।

खेलको ७३ औं मिनेटमा रिकी जेम्सले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । यो नतिजासँगै न्युक्यासल १३ खेलबाट २३ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । चेल्सी १६ अंकका साथ १० औं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

Techie IT