Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलदोस्रो संस्करणको एनएसएल आजदेखि, काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम भिड्दै

दोस्रो संस्करणको एनएसएल आजदेखि, काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम भिड्दै


काठमाडौँ । नेपालको पहिलो एवं एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ ।

आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नयाँ टोली स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौं र इलामबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

त्यसअघि उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोहलाई भव्य बनाउन आयोजकले विभिन्न सांगीत प्रस्तुति समेत राखेको छ । काठमाडौंको मार्कीमा राष्ट्रिय टिमका फरवार्ड हिसुब थपलिया छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन यथावत छन् ।

यस्तै पहिलो संस्करणमा काठमाडौंलाई उपाधि दिलाएका गोलकिपर विकेश कुथु यस पटक भने इलामको मार्की छन् । इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् । केसीले पहिलो सिजन भने एफसी चितवनको प्रशिक्षण गरेका थिए ।

पहिलो संस्करणमा सात फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गरेका थिए । दोस्रो संस्करणमा तीन नयाँ टोली थपिएको थियो । तर, पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले भने दोस्रो संस्करण नखेल्ने भएकाले ९ टोलीले यसपटकको एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् ।

इलाम स्पोर्टिङ, झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् । गत संस्करणको टोली काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटलव लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि प्रतिस्पर्धा गर्दैछन् ।

उपाधि विजेताका लागि अहिलेसम्म पुरस्कार तय भएको छैन । तर, आयोजकले ७० लाख रुपैयाँ नगद पुरस्कार या त्यो भन्दा पनि बढी हुन सक्ने जनाएको छ । कुल ४० वटा खेल दशरथ रंगशालामा नै आयोजना हुनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT