Techie IT
२०८१ फागुन २०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेल१९ वर्षमुनिको विश्वकप क्रिकेट श्रीलङ्कामा नहुने

१९ वर्षमुनिको विश्वकप क्रिकेट श्रीलङ्कामा नहुने


काठमाडौँ। १९ वर्षमुनिको पुरुष विश्वकप क्रिकेट श्रीलङ्कामा नभई दक्षिण अफ्रिकामा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले प्रतियोगिता श्रीलङ्काबाट दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो।

श्रीलङ्का बोर्डको प्रशासनमा व्यापक सरकारी हस्तक्षेपको कारण आईसीसीले भर्खरै श्रीलङ्का क्रिकेटलाई अस्थायीरूपमा निलम्बन गरेपछि विश्वकप हुने स्थान पनि सरेको हो।

श्रीलङ्का क्रिकेट बोर्ड र खेलकुदमन्त्री रोशन रणसिङ्घेबीच विगत एक वर्षदेखि विवाद छ। रणसिङ्घेले क्रिकेट बोर्डमा भ्रष्टाचार र अव्यवस्थाको आरोप लगाएका छन् भने क्रिकेट बोर्डले यसलाई अनावश्यक हस्तक्षेप गरेको बताउँदै आएको छ।

१९ वर्षमुनिको विश्वकप आउँदो जनवरी र फेब्रुअरीमा हुँदैछ । नेपालले पनि यो विश्वकपमा स्थान बनाएको छ। नेपालले पहिले खेल जनवरीको १३ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ। नेपाल रहेको समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT