Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलबाबर आजमको स्थानमा यी खेलाडीले पाए पाकिस्तानी टोलीको कप्तानी

बाबर आजमको स्थानमा यी खेलाडीले पाए पाकिस्तानी टोलीको कप्तानी


एजेन्सी । पाकिस्तान क्रिकेटमा यतिबेला हलचल मच्चिएको छ । एकदिवसीय विश्वकप २०२३ मा खराब प्रदर्शन गरेपछि पाकिस्तानी टोलीको चर्को आलोचना भइरहेको छ ।

यो टोली यसपटक पनि सेमिफाइनलमा पुग्न सकेन ।

यसपछि टोलीका कप्तान बाबर आजमको चर्को आलोचना भएको थियो र पीसीबीले उनलाई एकदिवसीय र टी–२० को कप्तानबाट हटाउने र टेस्ट टोलीको कप्तान कायम गरेको खबर आएको थियो ।

तर यसैबीच बाबर आजमले तीनै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका छन् ।

पीसीबीले ट्विट गर्दै शाहीन शाह अफ्रिदीलाई टी–२० को नयाँ कप्तान बनाएको जानकारी दिएको छ ।

टेस्ट टोलीको कप्तानी शान मसूदलाई दिइएको छ । तर, पीसीबीले एकदिवसीय टोलीको कप्तानको घोषणा गरेको छैन ।

पीसीबीले कोचिङ स्टाफलाई लिएर पनि ठूलो निर्णय गरेको छ । विश्वकपमा रहेका कोचिङ स्टाफ अब एनसीएमा जाने र अब नयाँ कोचिङ स्टाफ भर्ना गरिने मिडिया रिपोर्टमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स

यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

काठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे

चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१

एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल

एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ मा

काठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले

Techie IT