काठमाडौँ । महिला टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल आज बिहान ११ः४५ बजे सुरु हुनेछ ।
नेपालले आजको खेल जित्नैपर्ने दबाब छ ।
आजको खेल जितेमा हङकङले उपाधि दाबेदारीका लागि प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणको अर्को खेल अहिले ७ः१५ बजे जापान र तान्जानियाबीच हुँदैछ ।
पहिलो खेलमा तान्जानियासित २७ रनले पराजित भएको नेपाल दोस्रो खेल जित्ने रणनीतिमा रहेको छ ।
हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।