Techie IT
२०८१ चैत्र ४, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलकोहलीको कीर्तिमानी शतकमा न्युजिल्याण्डलाई भारतको विशाल लक्ष्य

कोहलीको कीर्तिमानी शतकमा न्युजिल्याण्डलाई भारतको विशाल लक्ष्य


एजेन्सी । एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डसामु ३९८ रनको विशाल लक्ष्य दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो ।

भारतका लागि विराट कोहलीले कीर्तिमानी शतकीय पारी खेले । उनले ११३ बलमा ११७ रन जोडे । उनको यो एकदिवसीय क्रिकेटमा ५० औं शतक हो । उनले यस मामिलामा सचिन तेन्दुलकरलाई पछि पारे । सचिनले एकदिवसीय क्रिकेटमा ४९ शतक बनाएका थिए ।

यस्तै, श्रेयस ऐय्यरले ७० बलमा १०५ रनको शतकीय पारी खेले । शुभमन गिलले ६६ बलमा ८० रनको योगदान दिए । उनी चोट बोकेपछि रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए । यस्तै रोहित शर्माले २९ बलमा ४७ रन बनाए भने केएल राहुल ३९ रनमा अविजित रहे ।

बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले तीन तथा ट्रेन्ट बोल्टले एक विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

Techie IT