Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलके दोहोरियला त चार वर्ष अघि कै विश्वकप सेमिफाइनल खेल ?

के दोहोरियला त चार वर्ष अघि कै विश्वकप सेमिफाइनल खेल ?


एजेन्सी । चार वर्ष चार महिना पाँच दिनपछि इतिहास दोहोरिने छ । एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल भारत र न्युजिल्याण्डबीच मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ । जुलाई १०, २०१९ मा एकदिवसीय विश्वकपको पहिलो सेमिफाइनल पनि यी दुई टोलीबीच भएको थियो ।

धेरै यस्ता तथ्य र कारकहरू छन् जुन २०१९ मा जस्तै यस पटक पनि उस्तै छन् । यद्यपि, टोली संयोजन र अवस्था धेरै हदसम्म फरक हुनेछ ।

भारतः
विराट अब कप्तान छैनन्, प्लेइङ–११ मा ६ परिवर्तनः २०१९ मा, विराट कोहली भारतको कप्तान थिए । उनको स्थानमा अहिले रोहित शर्माले कमाण्ड गर्नेछन् । महेन्द्र सिंह धोनी, ऋषभ पन्त, दिनेश कार्तिक, भुवनेश्वर कुमार र युजवेन्द्र चहल पछिल्लो सेमिफाइनलमा खेलेका थिए, तर यस पटक टोलीमा छैनन् । धोनीले सन्यास लिएका छन् भने बाँकी खेलाडी छनोट हुन सकेनन् । हार्दिक पाण्ड्या २०१९ मा खेलेका थिए र यस पटक पनि टोलीमा थिए तर चोटका कारण उनी बाहिर भए ।

न्युजिल्याण्डः
२०१९ जस्तै यस पटक पनि केन विलियम्सन न्यूजिल्याण्डको टिमको कमाण्डमा छन् । तर, यसपटक प्लेइङ–११ मा ६ परिवर्तन हुने निश्चित छ । २०१९ को सेमिफाइनल खेलेका मार्टिन गुप्टिल, हेनरी निकोल्स, रोस टेलर र कोलिन डे ग्रान्डहोम यस पटक टोलीमा छैनन् । टेलर र ग्रान्डहोमले सन्यास लिएका छन् । २०१९ मा खेलेका जिमी निशम टोलीमा छन् तर चोटका कारण यस पटक खेल्ने छैनन् । म्याट हेनरी पनि घाइते भएर प्रतियोगिताबाट बाहिरिएका छन् ।

अंकतालिकाः
सन् २०१९ र २०२३ को विश्वकपको अंक तालिकामा भारत शीर्षस्थानमा र न्युजिल्यान्ड चौंथो स्थानमा रह्यो । यसको मतलब यो मामिलामा कुनै परिवर्तन छैन । तर, सन् २०१९ को तुलनामा यस पटक दुवै टोलीको लिग खेलको प्रदर्शनमा पक्कै फरक छ ।

सन् २०१९ मा भारतले सेमिफाइनलअघि ७ खेल जितेको थियो । टोलीले १ खेलमा हार बेहोरेको थियो भने १ खेल (न्युजिल्यान्डविरुद्ध) वर्षाका कारण रद्द भएको थियो । यसपटक भारतीय टोलीले सबै ९ खेल जितेको छ । यसको मतलब टोली शतप्रतिशत जितका साथ नकआउट खेल्दैछ ।

न्युजिल्याण्डले २०१९ को सेमिफाइनलअघि ९ खेलमध्ये ५ जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो । १ खेल (भारत विरुद्ध) वर्षाका कारण रद्ध भएको थियो । यसपटक पनि न्युजिल्यान्डले ५ खेल मात्र जितेको छ तर हारको संख्या ४ पुगेको छ । अर्थात् यसपटक उसले ५६ प्रतिशत खेलमा जित र ४४ प्रतिशतमा हार ब्यहोर्यो ।

खेलमैदान र अवस्थाः
यी क्षेत्रमा सबैभन्दा ठूलो परिवर्तन भएको छ । सन् २०१९ विश्वकपको सेमिफाइनल खेल इंग्ल्याण्डको म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा भएको थियो । यस पटकको सेमिफाइनल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । म्यानचेस्टर सामान्य अंग्रेजी अवस्था भएको मैदान हो । यहाँ सीम र स्विङ मुभमेन्टले फास्ट बलरहरूलाई फाइदा पुर्‍याउँछ । मुम्बईमा दिनमा धेरै मुभमेन्ट हुँदैन तर दोस्रो इनिङ्समा नयाँ बललाई लाइटमुनि सामना गर्न गाह्रो हुन्छ ।

के भएको थियो अघिल्लो सेमिफाइनलमा ?
२०१९ को सेमिफाइनलमा भारतले पहिले बलिङ गर्यो र न्युजिल्याण्डलाई मात्र २३९ रन बनाउन लक्ष्य दियो । त्यस दिन वर्षाका कारण खेल सम्पन्न हुन सकेन । त्यसपछि खेल रिजर्भ डे मा भयो । टीम इन्डियाले ९२ रनमा ६ विकेट गुमाएको थियो । पछि धोनी र जडेजाले राम्रो साझेदारी गरे तर अन्ततः भारत १८ रनले पराजित भयो ।

वानखेडेमा भएको एकदिवसीय खेलमा भारत ५७ प्रतिशत र न्युजिल्याण्डले ६६ प्रतिशत खेल जितेका छन् । यो मैदानमा भारतले अहिलेसम्म २१ ओडिआई खेलेको छ । टोलीले १२ खेल जित्दा ९ खेलमा पराजित भयो । यसको मतलब यहाँ टोलीको सफलता दर ५७ प्रतिशत छ । यस मैदानमा टोलीले २०११ को एकदिवसीय विश्वकपको फाइनल पनि जितेको थियो ।

न्युजिल्याण्डले मुम्बईमा ३ ओडिआई खेलेको छ जसमा २ मा जित र १ खेलमा पराजित भएको छ । यहाँ किवी टोलीको सफलता दर ६७ प्रतिशत छ । सन् २०१७ मा पनि न्युजिल्याण्डले यसै मैदानमा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

जारी विश्वकपमा भारतले यस मैदानमा १ खेल खेलेको छ (श्रीलंका विरुद्ध) । जसमा भारतीय टोलीले श्रीलंकालाई ३०२ रनले पराजित गरेको थियो । यता, न्यूजिल्याण्डको भने यस मैदानमा यो पहिलो खेल हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT