Techie IT
२०८१ चैत्र १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलहामी सबै खेल जित्नुभन्दा एक खेलमा धेरै केन्द्रीत छौं-रोहित शर्मा

हामी सबै खेल जित्नुभन्दा एक खेलमा धेरै केन्द्रीत छौं-रोहित शर्मा


एजेन्सी । आइतबार २०२३ को विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा टीम इन्डियाले नेदरल्यान्ड्सलाई १६० रनले हरायो । पहिले ब्याटिङ गरेको भारतले ४१०/४ रनको ठूलो स्कोर बनायो । रोहित शर्माको टोली विश्वकपमा अझै अपराजित छ । यसैबीच भारतले अब सेमिफाइनलमा न्युजिल्याण्डको सामना गर्नेछ ।

खेल जितेपछि कप्तान रोहित शर्माले भने, ‘साँच्चै भन्नुपर्दा हामीले यस प्रतियोगितामा धेरै अगाडि बढ्ने सोचेका थिएनौँ । यति ठूलो प्रतियोगितामा तपाईं धेरै अगाडि सोच्न सक्नुहुन्न । यदि सबै कुरा ठीक छ भने, तपाईंले ११ खेल खेल्नुपर्छ । यस कारणले गर्दा, एक पटकमा एक खेलको बारेमा मात्रै सोँच्नु राम्रो हुन्छ ।’

रोहितले थप भने, ‘अहिलेसम्म हामीले जति प्रदर्शन गरेका छौं, त्यो अचम्मको छ । हरेक खेलमा कोही न कोही हाम्रो लागि हिरो बने र जिम्मेवारीका साथ राम्रो प्रदर्शन गरे । हामीलाई यहाँको अवस्था थाहा छ, तर विभिन्न टोलीसँग खेल्न सजिलो हुँदैन ।’

भारतका लागि रोहित, शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाए भने श्रेयस अय्यर र केएल राहुलले शतकीय पारी खेले ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

Techie IT