Techie IT
२०८१ माघ ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपको बीचमा आईसीसीकाे ठूलो निर्णय, श्रीलंका निलम्बनमा !

एकदिवसीय विश्वकपको बीचमा आईसीसीकाे ठूलो निर्णय, श्रीलंका निलम्बनमा !


एजेन्सी । एकदिवसीय विश्वकपको बीचमा आईसीसीले ठूलो निर्णय गरेको छ । जसका कारण अब यो देशले एउटा पनि अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैन ।

आईसीसीले प्रतिबन्ध लगाएको यो देश अरु कोही नभई श्रीलंका रहेको छ ।

आईसीसीको नियम उल्लङ्घन गरेको भन्दै शुक्रबार श्रीलंका क्रिकेटको सदस्यता खारेज गरिएको हो ।

आईसीसीको बैठकमा श्रीलंका सरकारले क्रिकेट बोर्डमा हस्तक्षेप गरिरहेको पाइएको थियो ।

जुन आईसीसीको नियमविपरीत हो ।

चालू एकदिवसीय विश्वकपमा श्रीलंकाको खराब प्रदर्शनका कारण देशको क्रिकेट बोर्डमा धेरै फेरबदल भएको छ ।

टोली शुक्रबार स्वदेश फर्किएपछि सरकारी हस्तक्षेपका कारण आईसीसीले श्रीलंका क्रिकेट बोर्डको सदस्यता खारेज गर्नुपरेको थियो ।

आईसीसीको आजको बैठकले श्रीलंका क्रिकेटले सदस्यको हैसियतमा आफ्नो जिम्मेवारी उल्लङ्घन गरेको निर्णय गरेको आईसीसीले विज्ञप्तिमार्फत जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका

Techie IT