गृहपृष्ठ ∕
खेल ∕
इब्राहिमको कीर्तिमानी शतकमा अफगानिस्तानले अस्ट्रेलियालाई दियो २९२ रनको लक्ष्य इब्राहिमको कीर्तिमानी शतकमा अफगानिस्तानले अस्ट्रेलियालाई दियो २९२ रनको लक्ष्य
एजेन्सी । भारतमा जारी एकविदसीय विश्वकप अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनायो ।
अफगानिस्तानका लागि ओपनर इब्राहिम जाद्रान (१२९ रन)ले शतकीय पारी खेले । उनले विश्वकपको पहिलो शतक र एकदिवसीय करियरको चौथो शतक बनाए । उनी विश्वकपमा शतक प्रहार गर्ने पहिलो अफगान ब्याट्सम्यान बनेका छन् ।
अन्तिममा राशिद खानले १९४.४४ को स्ट्राइक रेटमा १८ बलमा ३५ रनको इनिङ खेले । उनले जाद्रानसँग २८ बलमा अविजित ५८ रन जोडे ।
अष्ट्रेलियाका जोस हेजलउडले २ विकेट लिए । मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक विकेट लिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट
काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का
काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने
मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।
सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३