Techie IT
२०८१ चैत्र ३, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलसुपर ओभरमा ओमानले जित्यो आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि

सुपर ओभरमा ओमानले जित्यो आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि


काठमाडौँ। ओमानले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो।

म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको थियो। सुपर ओभरको सुरुमा ब्याटिङ गरेको ओमानले २० रन जोड्यो। नसिम खुसीले १९ रन तथा आक्विब इलियासले १ रन जोड्यो। अभिनास बोहोराले गरेको बलिङमा नसिमले ती छक्का हिर्काए।

सुपर ओभरमा ब्याटिङ गर्न आएका कुशल भुर्तेल बिलाल खानको पहिलो बलमै आउट भए। बिलालले दोस्रो बल डट फाले। तेस्रो र चौथो बलमा नेपालले एक–एक रन जोड्यो भने पाँचौ र छौटौ बलमा कुशल मल्लले दुई–दुई चौका प्रहार गरे पनि जितको लागि पर्याप्त भएन।

टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन जोडेर १८५ रनको लक्ष्य दिएको थियो। ओमानले पनि २० ओभरमा समाप्तीमा ९ विकेट गुमाउँदै १८४ रन नै जोडेपछि खेल सुपर ओभरमा गएको हो।

नेपालका लागि गुलशन झा र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले झाले २५ बलमा ५४ रन जोडे भने पौडेल ५२ रनमा अविजित रहे। यस्तै, कुशल भुर्तेलले २२ बलमा ३१ रनको योगदान दिए भने करण केसीले ६ बलमा २० रन जोडे।

ओमानका लागि बलिङतर्फ विलाल खानले तीन विकेट लिए भने अकिव इलियासले दुई तथा जिसन मक्सुदले एक विकेट लिए।

जवाफी ब्याटिङमा आएको ओमानको लागि सर्वाधिक रन कश्यप प्रजापतिले जोडे। उनले ६३ रन जोडे। त्यस्तै, आक्विस इलियासले ३३, जिसान माकसुदले २६, मोहम्मद नादिमले २४, आयान खान तथा मिरान खानले समान १०–१० रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले २–२ विकेट तथा सोमपाल कामी, गुल्सन झा, अभिनास बोहोरा र विवेक यादवले समान एक–एक विकेट लिए।

नेपाल र ओमान दुवैले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा स्थान बनाइसकेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

Techie IT