गृहपृष्ठ ∕
खेल ∕
रोहित र गुलशनको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य रोहित र गुलशनको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य
काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले ओमानसामु १८५ रनको लक्ष्य दिएको छ ।
र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन जोड्यो ।
नेपालका लागि गुलशन झा र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । झाले २५ बलमा ५४ रन जोडे भने पौडेल ५२ रनमा अविजित रहे । यस्तै, कुशल भुर्तेलले २२ बलमा ३१ रनको योगदान दिए भने करण केसीले ६ बलमा २० रन जोडे ।
ओमानका लागि बलिङतर्फ विलाल खानले तीन विकेट लिए भने अकिव इलियासले दुई तथा जिसन मक्सुदले एक विकेट लिए ।
नेपाल र ओमान दुवैले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा स्थान बनाइसकेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट
काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का
काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने
मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।
सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३