गृहपृष्ठ ∕ खेल ∕ आईसीसी टी–२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमानबीच प्रतिस्पर्धाआईसीसी टी–२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमानबीच प्रतिस्पर्धा नेपालीपत्र आईतबार, २०८० कात्तिक १९ गते, ०७:१० मा प्रकाशित खेल काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । समूह ‘ए’ मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई ५ रनले हराएको थियो ।नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो ।प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्व कपमा छनोट भइसकेका छन् । #टी–२० विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ५ पर्यटकको रोजाइमा विचित्र गुफा ६ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ७ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाThe Film Nepal