Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलसाविक विजेता इंग्ल्याण्ड विश्वकपबाट बाहिर

साविक विजेता इंग्ल्याण्ड विश्वकपबाट बाहिर


एजेन्सी । साविक विजेता इंग्ल्याण्ड यस पटकको एकदिवसीय विश्वकपबाट बाहिरिएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शनिबार राति सम्पन्न खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित भएसँगै टोलीको विश्वकपको यात्रा समाप्त भएको हो ।

७ खेलमा ६ पराजयपछि इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि बंगलादेश पनि बाहिरिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २८६ रन बनाएको थियो । मार्नस लाबुसचेनले सर्वाधिक ७१ रन बनाए । लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको टोली ४८.१ ओभरमा २५३ रनमा अलआउट भएको थियो ।

बेन स्टोक्सले ६४ र डेभिड मलानले ५० रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए भने इङ्ल्यान्डका क्रिस वोक्सले ४ विकेट लिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

काठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे

चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१

एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल

एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ मा

काठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले

यू-१९ महिला एसिया कपमा नेपालले आज भारत सँग खेल्दै

काठमाडौं । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज (मंगलबार) भारत सँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले

एसिसी यु १९ महिला कप: पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा नेपाल

काठमाडौं । एसिसी यु १९ महिला एसिया कपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । समूह चरणको पहिलो खेलमा पाकिस्तान यु१९

Techie IT