Techie IT
२०८१ चैत्र ४, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले पहिलो विकेट गुमायो

नेपालले पहिलो विकेट गुमायो


काठमाडौँ। नेपालले पहिलो विकेट गुमाएको छ। आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रतिस्पर्धामा ओपनर कुशल भुर्तेल आउट भएका हुन्।

२.६ ओभरमा निलान्स केश्वानीले भुर्तेललाई आउट बनाएका हुन्। भुर्तेलले २ चौकाको मदतमा जम्मा ११ रन बनाए।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईले नेपालसामु १३५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन जोडेको हो। युएईका लागि भृत्य अरविन्दले सर्वाधिक ६४ रनको योगदान दिए। ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, मुहम्मद वासिमले १६ बलमा २६ रन, अलिशान सराफुले १४ बलमा १६, आसिफ खानले १४ बलमा १३ रन जोडे।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए भने अविनाश बोहरा, सोमपाल कामी, रोहित पौडेलले एक–एक विकेट लिए ।

यो खेलको विजेताले २०२४ को टि२० विश्वकपमा स्थान बनाउनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

Techie IT