Techie IT
२०८१ चैत्र १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकप २०२३ः भारतको अपराजित यात्रालाई रोक्न सक्ला त श्रीलंकाले ?

एकदिवसीय विश्वकप २०२३ः भारतको अपराजित यात्रालाई रोक्न सक्ला त श्रीलंकाले ?


एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीले मैदानमा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेको छ ।

अब टीम इन्डियाको अर्को खेल मुम्बईको वानखेडे स्टेडियममा श्रीलंकासँग हुनेछ ।

यो म्याचको सन्दर्भमा सबैको नजर भारतीय टोलीको प्लेइङ–११ मा छ, जसको बारेमा कप्तान रोहितले म्याच अघि ठूलो संकेत दिएका छन् ।

भारतीय टोलीले अहिलेसम्म ६ खेल खेलेको छ र सबैमा जित निकालेको छ, त्यसपछि श्रीलंकाविरुद्धको खेल जितेर भारतले सेमिफाइनलको लागि आफ्नो स्थान पूर्णरुपमा पक्का गर्ने रणनीतिमा रहेको छ ।

भारतीय टोलीले अहिलेसम्म पहिलो ६ खेलमा कम्तिमा तीन फास्ट बलरलाई मैदानमा उतारेको छ, जसमा जसप्रित बुमराह र मोहम्मद सिराज प्रमुख रूपमा खेलिरहेका छन्। यसबाहेक हार्दिक पाण्ड्याको चोटपछि मोहम्मद शामी पनि अन्तिम दुई खेलका लागि प्लेइङ–११ मा रहेकाले मुम्बईको पिचलाई ध्यानमा राखी तीन प्रमुख फास्ट बलर खेल्ने लगभग पक्का छ । तर, लगातार म्याच खेल्ने भएकाले कसैलाई विश्राम दिने निर्णय पनि गर्न सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

यसबारेमा कप्तान रोहितले खेलको एक दिनअघि आयोजित पत्रकार सम्मेलनमा सबै बलर पूर्ण रूपमा फिट रहेको र कोही पनि आराम गर्न नचाहेको स्पष्ट पारेका थिए ।

यस्तो अवस्थामा रविचन्द्रन आश्विनको प्लेइङ–११ मा फर्किन निकै कठिन देखिन्छ । अस्ट्रेलियाविरुद्धको पहिलो खेल खेलेदेखि नै अश्विन प्लेइङ–११ बाट लगातार बाहिर रहेका छन् । कप्तान रोहितले अश्विनलाई समावेश गर्ने विषयमा स्पष्ट रूपमा केही नभने पनि आवश्यक परेमा टोलीले तीन स्पिनर र दुई फास्ट बलरसहित मैदानमा उत्रने सङ्केत गरेका छन् ।

रोहितका अनुसार स्पिनरहरूले निश्चित रूपमा मध्य ओभरहरूमा छिटो रन बनाउनबाट रोकेका छन् र यस्तो अवस्थामा उनीहरूका लागि यो विकल्प सधैं उपलब्ध हुन्छ।

विश्वकपमा भारत र श्रीलंकाबीचको हेड टु हेड रेकर्ड हेर्दा दुवै टोलीबीच बराबरी प्रतिस्पर्धा भएको छ । अहिलेसम्म दुवै टोलीले एकअर्काविरुद्ध ९ खेल खेलेका छन् जसमध्ये भारतले ४ खेल जितेको छ भने श्रीलंकाले समान जितेको छ भने एक खेलको नतिजा आउन सकेको थिएन । यसबाहेक एकदिवसीयमा दुवैको रेकर्ड हेर्दा १६७ खेलमध्ये भारतले ९८ र श्रीलंकाले ५७ खेल जितेको छ । एक खेल बराबरी भएको थियो भने ११ खेलको नतिजा आउन सकेको थिएन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

Techie IT