Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलमलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश

मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश


काठमाडौँ। आइसीसी टी–२० विश्वकप छनोटमा नेपाल सेमिफाइल प्रवेश गरेको छ। मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको थियो। नेपालले सो लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो।

कुशल मल्लले नेपालको लागि अर्धशतक प्रहार गरे। उनले ३४ बलमा ६५ रन बनाएका हुन्। त्यस्तै, नेपालको लागि कुशल भुर्तेलले ४३ रन, आशिफ शेखले ३२ रन, सन्दीप जोराले १८ रन तथा रोहित पौडेल र विवेक यादवले दुई–दुई रन जोडे।

बलिङतर्फ मलेसियाका मोहम्मद अमिरले ३ तथा प्रभानदीप सिंहले १ विकेट लिए।

मलेसियाको लागि सर्वाधिक रन साइद अजिजले बनाए। उनले ४९ बलको सामना गर्दा २ छक्का र ८ चौकाको मदतमा ६८ रन जोडे। त्यस्तै, जुवादी जुल्किफिलले २४ रन, सविन्द्र मुमेन्दी र विजय युनीले समान १३–१३ रन जोडे भने अन्य ब्याट्सम्यानहरुले दोहोरो रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका अभिानास बोहोराले ४ विकेट लिए। त्यस्तै, सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान १–१ विकेट लिएका थिए।

समूह ‘ए’ मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। दुई खेलमा दुई जित निकाल्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो।

नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुगेको छ। समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।

नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT