काठमाडौँ । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ ।
नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो ।
युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शन गरे ।
नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रन जोड्न सफल भए । ओपनिङमा आएका दीपक बोहोरा २९ रन मात्र बनाए ।
कप्तान देव खना शून्य रनमै आउट भए भने । दीपकप्रकाश डुम्रेले १४ रन, मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाउन सफल भए ।
विशालविक्रम केसी २४ रन जोडे ।
५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो ।
साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुईरदुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एकएक विकेट लिए ।