Techie IT
२०८१ चैत्र १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकप २०२३ मा भारत र बंगलादेशबीचको खेल आज

एकदिवसीय विश्वकप २०२३ मा भारत र बंगलादेशबीचको खेल आज


एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा भारत र बंगलादेशबीचको खेल आज हुदैँछ । टीम इन्डिया निकै राम्रो लयमा छ । भारतीय टोलीले एकदिवसीय विश्वकपमा अहिलेसम्म तीन खेल खेलेको छ र तीनवटै जित निकालेको छ र अंक तालिकाको दोस्रो स्थानमा छ।

२०२३ को एकदिवसीय विश्वकपमा भारतीय बलर र ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

एकदिवसीय विश्वकप क्रिकेटमा भारत र बंगलादेशबीच चार खेल भइसकेका छन् जसमा तीन खेलमा भारत र एक खेलमा बंगलादेश विजयी भएको छ ।

ओपनिङ जोडी यस्तो हुन सक्छ

पाकिस्तानविरुद्ध रोहित शर्मासँग ओपनिङ गर्न आएका थिए शुभमन गिल । उनले पहिलो ओभरमा उत्कृष्ट चौका प्रहार गरेका थिए । तर, उनले आफ्नो राम्रो सुरुवातलाई ठूलो इनिङ्समा परिणत गर्न सकेका थिएनन् । अर्कोतर्फ रोहित शर्माले विस्फोटक ढंगले रन बनाएका थिए । उनको कारणले नै भारतीय टोली खेल जित्न सफल भएको थियो । उनले ८६ रनको इनिङ खेले । तर, गिलले रोहितसँग ओपन गर्न सक्छन् ।

भारतका स्टार ब्याट्सम्यान विराट कोहली तेस्रो नम्बरमा आउन सक्छन् । उनीसँग केही बलमा खेलको दिशा बदल्ने क्षमता छ । उनी भारतीय ब्याटिङ आक्रमणको मुख्य आधार हुन् ।

श्रेयस अय्यर चौथो नम्बरमा छन् । उनले पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट अर्धशतक बनाएका थिए र राम्रो फर्ममा देखिएका थिए। केएल राहुलले विकेटकिपरको जिम्मेवारी लिन सक्नेछन् । स्टार अलराउन्डर हार्दिक पाण्ड्याले छैठौं नम्बरमा मौका पाउन सक्नेछन् ।

फास्ट बलिङ आक्रमणको जिम्मेवारी जसप्रित बुमराहले सम्हाल्नेछन् । उनले एकदिवसीय विश्वकपमा अहिलेसम्म उत्कृष्ट बलिङ गर्दै ८ विकेट लिएका छन् । मोहम्मद सिराजले उनलाई साथ दिने मौका पाउन सक्छन् । शार्दुल ठाकुर अहिलेसम्म पुरानो फर्ममा छैनन् । योसँगै बंगलादेशको टोलीमा अधिकांश बायाँ हाते ब्याट्सम्यान छन् । यस्तो अवस्थामा रविचन्द्रन आश्विनलाई मौका मिल्न सक्छ । कुलदीप यादव र रविन्द्र जडेजाले स्पिन विभागको जिम्मेवारी लिन सक्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

Techie IT