Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलदक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको रोमाञ्चक जित

दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको रोमाञ्चक जित


एजेन्सी । नेदरल्याण्ड्सले एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जीत निकालेको छ । मंगलबार धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्स ३८ रनले विजयी बनेको हो । यसअघि गत टी–२० विश्वकपमा पनि नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

वर्षाका कारण ४३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ४२।५ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो ।

निकै कसिलो बलिङ गरेकोे नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ तथा पाउल भान मिकरेन, रोलफ भान डर मर्वे र बास डी लिडले २–२ विकेट लिँदै प्रतियोगितामा टोलीलाई पहिलो जित दिलाए ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ४३ रनको योगदान दिए । उनले चार चौका र १ छक्का हिर्काए । खेलको अन्त्यमा केशव महाराजले ५ चौका र एक छक्का हिर्काउँदै ४० रन बनाए । त्यस्तै, हेनरिच क्लासेनले २८ रन बनाए भने जेराल्ड कोट्जीले २२ तथा क्वीनटन डी ककले २० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ७८ रन बनाए । यस क्रममा उनले १० चौका र १ छक्का हिर्काए । रोलफ भान डर मर्वेले २९, अजय दत्तले २३ तथा तेजा निदामानुरुले २० रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन र कागिसो रबाडाले २–२ विकेट लिए भने जेराल्ड कोटजी र केशव महारजले १–१ विकेट लिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT