Techie IT
२०८१ कात्तिक १७, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपः पहिलो जितको खोजीमा अफगानिस्तान, दिल्लीमा दमदार इंग्ल्याण्ड

एकदिवसीय विश्वकपः पहिलो जितको खोजीमा अफगानिस्तान, दिल्लीमा दमदार इंग्ल्याण्ड


एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा आज इङ्ल्यान्ड र अफगानिस्तानबीच खेल हुँदैछ । दुई टोलीबीचको खेल दिउँसो सवा २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः४५ बजे हुनेछ ।

विश्वकपमा दुवै टोलीको यो तेस्रो खेल हुनेछ । साविक विजेता इंग्ल्याण्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई पराजित गरेको थियो । अर्कोतर्फ अफगानिस्तानले भने बंगलादेश र भारतसँगको दुवै खेलमा हार बेहोर्यो ।

हेड टु हेडः
समग्रमा हेड टु हेडको कुरा गर्ने हो भने इङ्ल्यान्ड र अफगानिस्तानबीच हालसम्म जम्मा २ ओडीआई खेलिएको छ । दुवै खेलमा इंग्ल्याण्डले जित हात पारेको थियो । दुवै खेल सन् २०१५ र २०१९ को विश्वकपमा खेलिएका थिए । यसबाहेक दुई टोलीबीच कुनै एकदिवसीय खेल भएको छैन ।

यो वर्षको विश्वकपमा इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक रन बनाएका छन् । उनको नाममा १५०ं रन छ । बलरहरु मध्ये रिस टोपलीले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २ खेलमा ४ विकेट लिएका छन् ।

अफगानिस्तानका लागि राशिद खानले विश्वकपमा सर्वाधिक २ विकेट लिएका छन् । टोलीका कप्तान हशमतुल्लाह शाहिदीले सर्वाधिक ९८ रन बनाएका छन् ।

कस्तो छ पिच ?
यस मैदानमा अहिलेसम्म २८ ओडिआई खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले १३ खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले १४ खेल जितेको छ । एक खेलको नतिजा भने टुंगो लाग्न सकेको छैन ।

यहाँ सर्वाधिक रन चेज गर्ने कीर्तिमान टीम इन्डियाको नाममा छ । सन् १९८२ मा भारतले श्रीलंकाविरुद्ध २७८ रन बनाएर जितेको थियो । यहाँ विकेट सुस्त छ, तर दक्षिण अफ्रिका र श्रीलंकाबीचको अन्तिम खेलमा दुवै टोलीले करिब ८०० रन बनाएका थिए । यसपटक पनि विकेटले ब्याटिङ मैत्री हुने र टस जित्ने टोलीले पहिले ब्याटिङलाई महत्व दिने विश्वास गरिएको छ ।

कस्तो छ मौसम ?
आज दिल्लीमा वर्षा हुने सम्भावना मात्र २५ प्रतिशत छ । तापमान २३ देखि ३५ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

दुबै टोलीका सम्भावित सुरुवाती – ११
इंग्ल्याण्डः जोस बटलर (कप्तान र विकेटकीपर), जोनी बेयरस्टो, डेभिड मलान, जो रुट, ह्यारी ब्रुक, लियाम लिभिङ्स्टन, मोइन अली, साम कुरान, रीस टोपले, आदिल रशिद र मार्क वुड ।

अफगानिस्तानः हशमतुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, रहमत शाह, मोहम्मद नाबी, नजिबुल्लाह जद्रान, अजमातुल्लाह ओमरजाई, राशिद खान, मुजीब उर रहमान, नवीन–उल(हक र फजलहक फारुकी ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हङकङका ब्याटर बाबरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने

काठमाडाैँ । हङकङका ब्याटर बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हायतलाई दोस्रो विदेशी

साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ

आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीचको खेल हुँदै छ । अमेरिकामा चलिरहेको लिग २ का

नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

काठमाडौँ । भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो

तेस्रो थाउलो विश्वकपमा नेपालका सिन्जालीले जिते कास्य

काठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् । जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्‌समा विजयले

शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिता

काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको

Techie IT