Techie IT
२०८१ चैत्र १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलहाजार्डद्वारा फुटबल खेल जीवनबाट सन्यास

हाजार्डद्वारा फुटबल खेल जीवनबाट सन्यास


एजेन्सी । सिजनको अन्त्यमा रियल मड्रिड छाडेका चेल्सीका पूर्व विङ्गर इडेन हाजार्डले मंगलबार फुटबल खेलबाट सन्यासको घोषणा गरेका छन् ।

३२ वर्षीय हाजार्ड सन् २०१९ मा चेल्सीबाट ८९ मिलियन पाउण्डमा रियल आएका थिए तर उनले स्पेनिस जाइन्ट्सका लागि मात्र ५४ लिग खेल खेले ।

उनले स्ट्यामफोर्ड ब्रिज (चेल्सी)मा आफ्नो समयमा दुई प्रिमियर लिग उपाधि जितेका थिए । जुनमा आफ्नो सम्झौता समाप्त भएदेखि स्वतन्त्र एजेन्ट बनेका हाजार्डले भने ‘तपाईंले आफैलाई सुन्नुपर्छ र सही समयमा रोक्नुहोस् भन्नु पर्छ ।’

‘१६ वर्ष र ७०० भन्दा बढी खेल खेलेपछि, मैले एक पेशेवर फुटबलरको रूपमा आफ्नो करियर समाप्त गर्ने निर्णय गरेको छु ।’ उनले भने ।

हाजार्डले गत डिसेम्बरमा नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । जुन बेल्जियम समूह चरणमा २०२२ को विश्वकपबाट बाहिरिएको थियो ।

रियल मड्रिडमा हाजार्डले च्याम्पियन्स लिग, एक क्लब विश्वकप, एक युरोपेली सुपर कप, दुई ला लिगा उपाधि, एक कोपा डेल रे र दुई स्पेनिश सुपर कप जिते । तर स्पेनमा उनको समय व्यापक रूपमा निराशाजनक मानिन्छ । उनले सबै प्रतियोगिताहरूमा ७६ खेलमा मात्र ७ गोल गरे ।

हाजार्डले फ्रान्सेली क्लब लिलेबाट आफ्नो करियर सुरु गरेका थिए । १४९ खेलहरूमा ५० गोल गरे । उनी २०१२ को समरमा चेल्सी गए । ३२ मिलियन पाण्डमा चेल्सी गएका उनले क्लबको लागि आफ्नो अन्तिम उपस्थितिमा आर्सनलविरुद्ध २०१९ युरोपा लिग फाइनलमा गोल गरेका थिए । उनले चेल्सीमा ३५२ खेलमा ११० गोल गरे । यता बेल्जियमका लागि उनले १२६ खेलमा ३३ गोल गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

१०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्‍याे

काठमाडौँ । कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

Techie IT