Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलएसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक


काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो ।

महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई करातेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

यसअघि आजै सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् ।

योसँगै नेपालले जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?

काठमाडौँ । गएको मंसिर १५ गतेदेखि शुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सकिएको छ । शनिबार जनकपुर

कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा ‘क्वालिफायर’ टू को खेलमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स

यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

काठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे

Techie IT