Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलदक्षिण अफ्रिकाद्वारा श्रीलंकासामु कीर्तिमानी ४२९ रनको लक्ष्य प्रस्तुत

दक्षिण अफ्रिकाद्वारा श्रीलंकासामु कीर्तिमानी ४२९ रनको लक्ष्य प्रस्तुत


एजेन्सी । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले सर्वाधिक रन बनाएको छ । टोलीले श्रीलंकालाई जितका लागि ४२९ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रन बनाएको हो । दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेन (१०८ रन), क्विन्टन डी कक (१०० रन) र एडेन मार्कराम (१०६ रन) ले शतकीय पारी खेले।

मार्करामले विश्वकप इतिहासमा सबैभन्दा छिटो शतक बनाए। उनले आफ्नो एकदिवसीय करियरको तेस्रो शतक ४९ बलमा पूरा गरे ।

क्विन्टन डी ककले आफ्नो एकदिवसीय करियरको १८ औं शतक प्रहार गरे । उनले ८४ बलमा १०० रनको इनिङ खेले । डी ककको इनिङ्समा १२ चौका र ३ छक्का समावेश थियो ।

रस्सी भान डेर डुसेनले आफ्नो ओडीआई करियरको पाँचौ शतक प्रहार गरे । उनी ९८.१८ को स्ट्राइक रेटमा ११० बलमा १०८ रन बनाएर आउट भए । उनको इनिङ्समा १३ चौका र २ छक्का समावेश थियो ।

यस्तै, हेनरिक क्लासेनले २० बलमा ३२ रन जोडे भने डेभिड मिलर २१ बलमा ३९ तथा मार्को यानसेन ७ बलमा १२ रनसहित अविजित रहे । श्रीलंकाका दिलशन मदुकन्काले दुई विकेट लिए भने काशुन रजिथा, मथिसा पथिराना र दुनिथ भेल्लालागेले एक–एक विकेट लिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT