Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपमा आज दुई खेल हुँदै

एकदिवसीय विश्वकपमा आज दुई खेल हुँदै


एजेन्सी । भारतमा जारी आईसीसी एकविदसीय विश्वकप अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् । पहिलो खेल अफगानिस्तान र बंगलादेशबीच धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम (एचपीसीए)मा हुनेछ । यो खेल बिहान १०ः४५ बजे सुरु हुनेछ । टस ३० मिनेट अगाडि अर्थात् १०ः१५ बजे हुनेछ ।

दोस्रो खेल दिल्लीको अरुण जेटली स्टेडियममा दिउँसो २ः१५ बजे दक्षिण अफ्रिका र श्रीलंकाबीच हुनेछ ।

बंगलादेश भर्सेस अफगानिस्तानः
हेड टु हेडः
सन् २०१५ र २०१९ को एकदिवसीय विश्वकपमा अफगानिस्तान र बंगलादेशबीच दुई खेल खेलिएको थियो । दुवैमा बंगलादेश विजयी भयो । दुई टोलीबीच कुल १५ ओडिआई खेलिएको छ । बंगलादेशले ९ खेल जितेको छ भने अफगानिस्तानले ६ खेल जितेको छ ।

दुवै टोलीले पछिल्लो पटक गत अगस्ट–सेप्टेम्बरमा एसिया कपमा आमनेसामने भएका थिए । जसमा बंगलादेश ८९ रनले विजयी भयो ।

बंगलादेशले पछिल्ला ५ ओडिआईमध्ये एउटा खेल मात्र जितेको छ । तीनमा हार ब्यहोर्दा एक खेल भने अनिर्णित रह्यो । बंगलादेशले यस वर्ष खेलेका २० मध्ये ८ ओडिआई जितेको छ । तीन खेलमा भने नतिजा आएको छैन । टोलीले नौ खेलमा हार बेहोरेको थियो ।

नजमुल हुसेन शान्तो सन् २०२३ मा एकदिवसीय क्रिकेटमा बंगलादेशका लागि सर्वाधिक स्कोरर ( १५ खेलमा ६९८ रन) हुन् । बलिङमा तस्किन अहमदले सर्वाधिक विकेट (११ खेलमा २१ विकेट) लिएका छन् ।

अर्कोतर्फ अफगानिस्तानले पछिल्ला पाँच खेलमा हार बेहोरेको छ । टोलीले २०२३ मा खेलेको ११ ओडीआई मध्ये ३ खेलमा जित निकाल्दा ८ खेलमा हार्यो । अफगानिस्तानका लागि यो वर्ष इब्राहिम जाद्रानले सर्वाधिक रन (११ खेलमा ४७८ रन) बनाएका छन् । बलरमा फजलहक फारुकीले उत्कृष्ट प्रदर्शन (११ खेलमा १५ विकेट) गरिरहेका छन् ।

मौसम कस्तो रहला ?
यो सुन्दर सहर धर्मशाला शनिबार बादल रहनेछ । वर्षाको सम्भावना ६० प्रतिशत छ । तापमान १८ देखि २३ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) को पिच ब्याट्सम्यानका लागि सहयोगी साबित भएको छ । तर, चिसो मौसम र तीव्र हावाका कारण पेसर्सलाई सुरुमा केही सहयोग मिल्न सक्छ ।

दक्षिण अफ्रिका भर्सेस श्रीलंका
आजको दोस्रो खेल दक्षिण अफ्रिका र श्रीलंकाबीच दिल्लीको अरुण जेटली स्टेडियममा दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

हेड टु हेड
दक्षिण अफ्रिकाले पछिल्लो पाँच ओडीआई खेलमध्ये तीनमा जित निकालेको छ । विश्वकपअघिको घरेलु शृंखलामा पनि टोलीले अष्ट्रेलियालाई हराएको थियो । पछिल्लो पाँच खेलको कुरा गर्ने हो भने दुवै टोली एउटै देखिन्छन् । श्रीलंकाले पनि पछिल्लो पाँच ओडीआई खेलमध्ये तीन जितेको छ ।

दुई टोलीबीच हालसम्म ८० ओडीआई खेलिएको छ । दक्षिण अफ्रिकाले ४५ खेल जितेको छ भने श्रीलंकाले ३३ खेल जितेको छ । एक खेल बराबरीमा परेको थियो भने एकमा नतिजा आउन सकेन । विश्वकपमा यी दुईबीच ६ खेल भएका छन् । दक्षिण अफ्रिकाले ४ मा जित्यो भने श्रीलंकाले एक मात्र जित्यो । जबकि एक खेल टाई रह्यो ।

यो वर्ष अर्थात् २०२३ मा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले राम्रो कप्तानी मात्र गरेका छैनन् धेरै रन पनि बनाएका छन् । बाभुमाले १० खेलमा ६३७ रन बनाएका छन् ।

दक्षिण अफ्रिकाको बलिङ युनिटलाई हेर्ने हो भने बायाँ हात तेज बलर मार्को यान्सन यो वर्ष धेरै सफल छन् । ६ फिटभन्दा बढी अग्लो भएका यान्सनले २०२३ मा हालसम्म खेलेका ११ ओडिआई खेलमा १६ विकेट लिएका छन् ।

निसान्का र तिक्षाणा श्रीलंकाका लागि महत्त्वपूर्ण छन्
श्रीलंकाको ब्याटिङ गहिरो छ । पथुम निसान्का यस वर्ष उनीहरुका लागि सर्वाधिक स्कोरर बनेका छन् । निसान्काले २० ओडीआई खेलमा ८१९ रन बनाएका छन् र यस अवधिमा उनको औसत ४५.५० रहेको छ ।

बलिङको कुरा गर्ने हो भने दक्षिण अफ्रिकी टोली मात्र नभई यो विश्वकपमा सहभागी हुने हरेक टोलीले महिष तिक्षाणालाई हेरिरहेका छन् । यी बलरले २०२३ मा अहिलेसम्म जम्मा १५ खेल खेलेका छन् र ४.५० को उत्कृष्ट इकोनोमीमा ३१ विकेट लिएका छन् ।

मौसम कस्तो छ ?
नयाँ दिल्लीमा शनिबार पानी पर्ने सम्भावना छैन । यस अवधिमा तापमान लगभग २६ डिग्री सेल्सियस हुनेछ । यद्यपि, आर्द्रताले केही असुविधा हुन सक्छ । यो लगभग ४० प्रतिशत हुनेछ ।

अरुण जेटली स्टेडियमको विकेट स्पिनमैत्री मानिन्छ । यहाँको आउटफिल्ड निकै छिटो छ, तर धिमी पिचलाई हेर्दा यो खेल लो स्कोरिङ हुने अपेक्षा गर्न सकिन्छ । पहिलो इनिङको औसत स्कोर २३० रन रहेको छ । यस रंगशालामा भएका पछिल्ला ५ खेलमध्ये ४ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् ।

 

 

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT