Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलकन्वे र रवीन्द्रको शतकीय पारीमा इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्डको सहज जित

कन्वे र रवीन्द्रको शतकीय पारीमा इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्डको सहज जित


एजेन्सी । भारतमा बिहीबारदेखि सुरु भएको एक दिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डविरुद्ध विशाल जित हात पारेको छ ।

गुजारतको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा डेभन कन्वे र रचिन रवीन्द्रले २७३ रनको अविजित साझेदारी गर्दै ३६.२ ओभरमै न्युजिल्यान्डलाई ९ विकेटको जित दिलाए।

इङ्ल्याण्डले दिएको २८३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डका लागि डेभन कन्वेले १५२ र रचिन रविन्द्रले १२३ को अविजित पारी खेले ।

१२१ बलको सामना गरेका डेभनले १९ चौका र ३ छक्का प्रहार गरे भने रचिनले ९६ बलको सामना गर्दा ११ चौका र ५ छक्का हिर्काए ।

ओपनर विल योङ दोस्रो ओभरको पहिलो बलमै आउट भएपछि आएका रचिनले डेविनसँगै अविजित साझेदारी गर्दा इङ्ल्यान्डका बलर निरीह बन्नुपर्यो ।

इङ्ल्यान्डका साम करनले पहिलो बलमै विललाई आउट गरे पनि अरु बलरले विकेट लिन नसक्दा उसको विश्वकप खराब हारबाट सुरुवात भयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो ।

जो रुटले ८६ बलको समाना गर्दा ४ चौका र १ छक्कासहित सर्वाधिक ७७ रन बनाए । कप्तान जोस बटलर ४३ रनमा आउट हुँदा ओपनर जोनी बेयरस्टो ३३ र डेविड मलान १४ रन मै पेभिलियन फर्किए । त्यसपछि इङ्ल्यान्डले लगातार विकेट गुमायो।

ह्यारी क्रुक २५, मोईन अली ११, लियाम लिभिङस्टोन २०, साम करन १४ र क्रिस वोक्स ११ रनमा आउट हुँदा आदिल राशिद १५ र मार्क वुड १३ रनमा नटआउट रहे ।

न्युजिल्यान्डका लागि तीव्र गतिका बलर म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चिएर ३ विकेट लिए । स्पीनर मिचेल सान्टनारले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए भने ग्लेन फिलिप्सले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चिदै एक विकेट हात पारे ।

अब न्युजिल्यान्डले सोमबार नेदरल्यान्ड्ससँग हैदराबादमा खेल्दा इङ्ल्यान्डले मंगलबार बंगलादेशसँग खेल्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT