Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलनेकोस खेलकुद महोत्सवमा १० खेल समावेश

नेकोस खेलकुद महोत्सवमा १० खेल समावेश


काठमाडौँ। नेपाल खेलकुद महासंघ समाजवादी (नेकोस)को आयोजनामा जारी खेलकुद महोत्सवमा–२०८० मा १० खेल समावेश गरिएको छ।

यही असोज १३ गतेदेखि सुरु भएको प्रतियोगिताका खेल काठमाडौँ, ललितपुर, पोखरा र हेटौँडामा भइरहेका छन्। प्रतियोगितामा भलिबल, तेक्वान्दो, बुद्धिचाल, सेपाकताक्र, स्केटबोर्ड, एथ्लेटिक्स, कराँते, योग खेल, बी बोइङ र फुलकन्ट्याक्ट कराँते समावेश छन्। स्केटबोर्ड र योग खेल असोज १३ र १४ गते पोखरामा सम्पन्न भइसकेको आयोजकले जनाएको छ।

उद्घाटन समारोह असोज २० गते काठमाडौँमा आयोजना गरिँदै छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातदोबाटोमा प्रतियोगिताको उद्घाटन गर्नेछन्।

१३ दिनसम्म चल्ने प्रतियोगितामा कुल एक हजार ६०० खेलाडी सहभागी हुनेछन्। स्वर्ण, रजत र कास्यपदक जित्ने खेलाडीलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT