Techie IT
२०८२ वैशाख १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलच्याम्पियन्स लिगः आर्सनल र म्यान्चेस्टर युनाइटेड पराजित

च्याम्पियन्स लिगः आर्सनल र म्यान्चेस्टर युनाइटेड पराजित


एजेन्सी । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा आर्सनलले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा इंग्लिस क्लब आर्सनल फ्रेन्च क्लब लेन्ससँग २–१ गोलले पराजित भएको हो । पाहुना टोली आर्सनलले खेलको १४ औं मिनेटमा गाब्रियल जेससको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

तर घरेलु मैदानमा खेलको २५ औं मिनेटमा एड्रियन थोमासनले र ६९ औं मिनेटमा एली वाहीले गोल गर्दै लेन्सलाई जित दिलाए । यो नतिजासँगै समूह बी मा लेन्स २ खेलमा ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा आर्सनल ३ अंकका साथ दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा सेभिया र पिएसभीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सेभिया २ अंकका साथ तेस्रो तथा पिएसभी एक अंकका साथ चौंथो स्थानमा रहेको छ ।

यसैगरी, गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले आफ्नै घरेलु मैदानमा टर्कीस क्लब गालाटासारेसँग ३–२ गोलको हार ब्यहोर्यो । युनाइटेडका लागि खेलको १७ औं र ६७ औं मिनेटमा रासमस होज्लन्डले दुई गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

पाहुना टोली गालाटासारेका लागि २३ औं मिनेटमा विल्फ्रेड जाहा ७२ औं मिनेटमा मुहमेद करिम अक्टरकोग्लुले र ८१ औं मिनेटमा मोउरो इकार्डीले गोल गरे ।

यो नतिजासँगै समूह ए मा गालाटासारे २ खेलबाट ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहँदा अंकविहिन रहेको युनाइटेड तालिकाको पुछारमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

Techie IT