गृहपृष्ठ ∕ खेल ∕ नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाईनेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई नेपालीपत्र मंगलबार, २०८० असोज १६ गते, १३:०२ मा प्रकाशित खेल काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले देखाएको प्रदर्शनप्रति प्रधानमन्त्रीले बधाई दिएका हुन्।प्रधानमन्त्री प्रचण्डले मंगलबार सामाजिक सञ्जालमार्फत एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले मंगोलिया र माल्दिभ्सविरुद्ध कीर्तिमानी जित निकालेको र भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका बताउँदै टिमलाई बधाईसहित धन्यवाद दिए।‘१९औँ एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाई। साथै, आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्।मंगलबार चीनको झेजाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा भएको खेलमा नेपाली टिम भारतसँग २३ रनले पराजित हुँदै पुरुष क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिएको थियो। #क्रिकेटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ५ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ६ ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा ७ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युThe Film Nepal