Techie IT
२०८१ माघ २५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपः कुन टोलीको उमेर कति छ ?

एकदिवसीय विश्वकपः कुन टोलीको उमेर कति छ ?


एजेन्सी । एकदिवसीय विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ । अहिले प्रतियोगितामा सहभागी सबै १० टोलीले अभ्यास खेल खेलिरहेका छन् । प्रत्येक टोलीमा १५–१५ खेलाडीहरू छन् । अर्थात् प्रतियोगितामा जम्मा १५० खेलाडीको सहभागिता रहेको छ ।

जसमध्ये अफगानिस्तानका १८ वर्षीय स्पिनर नूर अहमद सबैभन्दा कान्छो छन् भने नेदरल्याण्डका ३९ वर्षीय वेजली बरेसी सबैभन्दा जेठो छन् ।

यता, इंग्ल्यान्ड टोलीको औसत उमेर ३१ वर्ष ४ महिना रहेको छ जुन १० टोलीमध्ये सबैभन्दा बढी हो । अफगानिस्तानको टोली २४ वर्षको औसत उमेरका साथ सबैभन्दा कान्छो रहेको छ ।

इंग्ल्याण्डः
डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड विश्वकपमा सबैभन्दा पाको टोली हो । टोलीको औसत उमेर ३१ वर्ष ४ महिना छ । टोलीका ११ खेलाडीको उमेर ३० वर्षभन्दा बढी छ । ३६ वर्षीय मोइन अली सबैभन्दा जेठो खेलाडी हुन्, उनी टोलीमा रहेका ३६ वर्षका डेभिड मलानभन्दा साढे दुई महिना जेठा हुन् । २४ वर्षीय ह्यारी ब्रुक सबैभन्दा कान्छा खेलाडी हुन् ।

अष्ट्रेलियाः
अस्ट्रेलियाको औसत उमेर ३१ वर्ष २ महिना रहेको छ । टोलीका ११ खेलाडीको उमेर ३० वर्षभन्दा माथि छ भने एक खेलाडी २५ वर्षभन्दा कम छन् । ३६ वर्षीय बायाँ हाते ब्याट्सम्यान डेभिड वार्नर टोलीका सबैभन्दा पाका खेलाडी हुन् भने २४ वर्षीय अलराउन्डर क्यामरुन ग्रीन सबैभन्दा कान्छो खेलाडी हुन् ।

भारतः
टीम इन्डियाको औसत उमेर ३० वर्ष ७ महिना रहेको छ । ३७ वर्षका स्पिनर रविचन्द्रन आश्विन सबैभन्दा पाको उमेरका छन् भने २४ वर्षका ओपनर शुभमन गिल टोलीमा सबैभन्दा कान्छो छन् । ८ खेलाडीको उमेर ३० वर्ष माथि छ । रोहित शर्मा ३६ र विराट कोहली ३४ वर्षका छन् । टोलीका ६ खेलाडी २५ देखि २९ वर्ष उमेर समूहका छन् ।

न्युजिल्याण्डः
न्यूजिल्याण्ड टोलीको औसत उमेर पनि ३० वर्ष ७ महिना छ । फास्ट बलर टिम साउथी र ट्रेन्ट बोल्ट ३४–३४ वर्षका छन् तर साउथी बोल्टभन्दा ७ महिना जेठो छन्, त्यसैले उनी टोलीका सबैभन्दा जेठो खेलाडी हुन् । २३ वर्षीय अलराउन्डर रचिन रविन्द्र सबैभन्दा कान्छो हुन् । उनी बाहेक ग्लेन फिलिप्स ९२६० र मार्क च्यापम्यान ९२९० मात्र ३० भन्दा कम छन् । बाँकी १२ खेलाडीको उमेर ३० देखि ३४ वर्षको बीचमा छ ।

दक्षिण अफ्रिकाः
दक्षिण अफ्रिका टोलीको औसत उमेर ३० वर्ष छ । ३४ वर्षीय रस्सी भान डर डुसेन सबैभन्दा जेठा छन् । २२ वर्षीय फास्ट बलर जेराल्ड कुट्जी सबैभन्दा कान्छो हुन् । टोलीमा ३० वर्ष मुनिका थप ५ खेलाडी छन् । ९ खेलाडीको उमेर ३० देखि ३४ वर्षको बीचमा छ ।

नेदरल्याण्ड्सः
नेदरल्याण्ड्स टोलीको औसत उमेर २८ वर्ष ४ महिना छ । प्रतियोगिताका १५० खेलाडीमध्ये दायाँ हाते ब्याट्सम्यान भेजली बरेसी ३९ वर्षका सबैभन्दा पाका खेलाडी हुन् । टोलीमा २०–२० वर्षका आर्यन दत्त, विक्रमजीत सिंह र शरिज अहमद पनि छन् । तर तीमध्ये आर्यन सबैभन्दा कान्छो हुन्, उनको जन्म सन् २००३ मेमा भएको थियो । टोलीका ९ खेलाडीको उमेर २० देखि २९ वर्ष र ६ खेलाडी ३० वर्षभन्दा माथिका छन् ।

पाकिस्तानः
पाकिस्तानी टोलीको औसत उमेर २७ वर्ष ६ महिना छ । २२ वर्षीय फास्ट बलर मोहम्मद वासिम जुनियर सबैभन्दा कान्छो खेलाडी हुन् । टोलीमा १२ खेलाडी ३० वर्ष मुनिका छन् । जहाँ फखर जमान र इफ्तिखार अहमद ३३–३३ वर्षका छन्, तर फखर ५ महिना ठूला भएकाले उनी टोलीका सबैभन्दा जेठो खेलाडी हुन् । टोलीका कप्तान बाबर आजम २८ वर्षका छन् ।

श्रीलंकाः
श्रीलंका टोलीको औसत उमेर २७ वर्ष ३ महिना छ । ३५ वर्षका ओपनर दिमुथ करुणारत्ने सबैभन्दा पाका खेलाडी हुन् । जबकि बायाँ हाते स्पिनर डुनिथ भेलालागे र फास्ट बलर मथिश पाथिराना मात्र २०–२० वर्षका छन् । तर भेलालागे पाथिरानाभन्दा एक महिना कान्छा छन्, त्यसैले उनी टोलीका सबैभन्दा कान्छो खेलाडी हुन् । टोलीमा १० खेलाडीको उमेर २० देखि २९ वर्ष र ५ खेलाडीले ३० वर्ष नाघेका छन् ।

बंगलादेशः
बंगलादेश टोलीको औसत उमेर २७ वर्ष २ महिना छ । ३७ वर्षीय महमुदुल्लाह रियाद सबैभन्दा पाका खेलाडी हुन् भने २० वर्षीय फास्ट बलर तान्जिम हसन साकिब कान्छा खेलाडी हुन् । कप्तान शकिब अल हसन ९३६ वर्ष० र मुस्फिकुर रहिम ९३६० को उमेर पनि ३५ वर्षभन्दा माथि छ । बाँकी १२ खेलाडीको उमेर २० देखि २८ वर्षसम्म रहेको छ ।

अफगानिस्तानः
अफगानिस्तान टोलीको औसत उमेर २४ वर्ष रहेको छ । १८ वर्षीय बलर नूर अहमद टोलीका कान्छो खेलाडी हुन्, उनी प्रतियोगिताका सम्पूर्ण १५० खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी पनि हुन् । ३८ वर्षीय मोहम्मद नाबी टोलीका सबैभन्दा पाका खेलाडी हुन् । उनीहरुबाहेक रहमत शाह ९३०० र नजिबुल्लाह जद्रान ९३०० ३० वर्षभन्दा माथि छन् । बाँकी सबै खेलाडीको उमेर २९ वर्ष मुनिका छन्, जसमध्ये ११ जनाको उमेर १८ देखि २४ वर्षको बीचमा छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

Techie IT