Techie IT
२०८१ माघ २६, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाली पब्जी टोली एसियाली खेलकुदको सेमिफाइनलमा

नेपाली पब्जी टोली एसियाली खेलकुदको सेमिफाइनलमा


काठमाडौँ। नेपाली पब्जी टोली १९ औँ एसियाली खेलकुदको सेमिफाइनलमा पुगेको छ। चीनको हान्झाउमा चलिरहेको प्रतियोगिताअन्तर्गत ई–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलमा पुगेको हो।

आज शुक्रवार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। यो समूहबाट हङकङ पनि सेमिफाइनलमा पुगेको छ। हङकङ शीर्ष स्थानमा रह्यो। समूह ‘सी’ मा नेपाल, हङकङ, प्यालेस्टाइन र साउदी अरेबिया थिए।

यस्तै समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड, समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन्।

अब सेमिफाइनलमा चार समूहका शीर्ष दुई टोलीबीच दुई समूहमा प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलको दुवै समूहमा चार–चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। यीमध्ये समूहका दुई टोली फाइनलमा पुग्नेछन्। फाइनलमा पनि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। जसमध्ये शीर्ष तीनमा रहने टोलीको पदक पक्का हुनेछ।

पब्जीमा नेपालको खेलाडीमा कप्तान सुबिन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने

काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि

काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को

Techie IT