काठमाडौँ । १९ औं एसियाली खेलकुद अन्तर्गतको क्रिकेटमा नेपालले आज मंगोलियासँग खेल्दैछ ।
नेपाल र मंगोलियाबीचको खेल नेपाली समय अनुसार बिहान ६ः४५ बजे चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमै उत्कृष्ट जितका साथ प्रतियोगितामा अघि बढ्न चाहन्छ भने अर्कोतर्फ नेपालविरुद्धको खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गर्नेछ ।
नेपालले दोस्रो खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । माल्दिभ्सले एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । आइसिसी टि२० विश्वकप एसिया रिजनल क्वालिफायर ‘ए’ एकैसाथ खेल्नुपर्ने भएकाले माल्दिभ्सले दोस्रो रोजाइको टोली पठाएको हो ।
नेपालले क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्ये एक टोलीसँग खेल्नुपर्ने हुन्छ ।