Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेल४ महिनादेखि पारिश्रमिक नपाएपछि पाकिस्तानी खेलाडी आक्रोशित

४ महिनादेखि पारिश्रमिक नपाएपछि पाकिस्तानी खेलाडी आक्रोशित


एजेन्सी । आईसीसी एकदिवसीय पुरुष विश्वकप सुरु हुन अब केही दिन मात्रै बाँकी छ । सबै टोली तयारी पूरा गर्न व्यस्त छन् तर १९९२ को विश्व च्याम्पियन पाकिस्तानी टोली फेरि एकपटक चर्चामा आएको छ ।

पाकिस्तानबाट प्राप्त रिपोर्टका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)र खेलाडीबीचको केन्द्रीय सम्झौतालाई लिएर पाँच महिनादेखि चलिरहेको विवाद अहिले गम्भीर बनेको छ । खेलाडीले चार महिनादेखि तलब पाएका छैनन् ।

खेलाडीहरूले पीसीबीलाई स्पष्ट रूपमा भनेका छन् कि यदि विश्वकप सुरु हुनु अघि यो मामिलाको समाधान नभएमा उनीहरूले टोली प्रायोजकको लोगो लगाउने छैनन् न त विश्वकपको कुनै प्रमोशनल कार्यक्रममा भाग लिनेछन् ।

विश्वका अन्य क्रिकेट बोर्डहरू जस्तै पाकिस्तानमा पनि खेलाडीलाई केन्द्रीय अनुबन्ध दिइन्छ । यसमा केही वर्गहरू पनि छन् । शीर्ष खेलाडीलाई ए श्रेणीमा राखिएको छ । उदाहरणका लागि, अहिलेका कप्तान बाबर आजम, शाहिन शाह अफ्रिदी र मोहम्मद रिजवान ‘ए’ श्रेणीका खेलाडी हुन् ।

ए श्रेणीका खेलाडीलाई प्रत्येक महिना ४५ लाख रुपैयाँ (पाकिस्तानी मुद्रा) दिइन्छ । खेलाडीलाई यो शुल्कमा कुनै समस्या छैन तर उनीहरुको समस्या यो हो कि ४५ लाखको यो शुल्कमा यति धेरै कर लगाइएको छ कि उनीहरुले २७ देखि २८ लाख मात्रै पाउँछन् ।

यो विवाद पाँच महिनाअघि सुरु भएको थियो र त्यसपछि पीसीबीका दुई प्रमुख (पहिले नजम सेठी र अहिले जाका अशरफ) ले पदभार ग्रहण गरिसकेका छन्, तर यो समस्या समाधान हुन सकेको छैन ।

विश्वकप सकिनु अघि जाका अशरफ पनि बिदाइ हुनेछन् र त्यसपछि नयाँ प्रमुखले जिम्मेवारी सम्हाल्नेछन् । अहिले नै यो मामिलाको समाधान भएन भने यो समस्या धेरै लामो समयसम्म लम्बिने खेलाडीको धारणा छ ।

‘क्रिकेट पाकिस्तान’को रिपोर्टका अनुसार धेरै पाकिस्तानी खेलाडीहरू विश्वकपअघि यो मामिलाको समाधान हुने सर्तमा मात्र एसिया कप खेल्न गएका थिए । तर, यो पनि हुन सकेन ।

अब खेलाडीहरुले खेलको सुधारका लागि आईसीसीले हरेक देशलाई दिने पैसा वा राजस्वमा खेलाडीलाई पनि हिस्सा दिनुपर्ने नयाँ माग गरेका छन् । स्पष्ट रूपमा पीसीबी यसका लागि तयार हुन सक्दैन, किनभने यो कुनै पनि देशमा हुँदैन । समग्रमा न त केन्द्रीय सम्झौता शुल्कको विवाद रोकिएको छ न त खेलाडीसँग आईसीसीको राजस्व बाँडफाँडको समस्या समाधान भएको छ ।

खेलाडीहरूले पीसीबीलाई स्पष्ट रूपमा आफ्ना मागहरू जतिसक्दो चाँडो पूरा गर्न भनिएको छ । यदि त्यसो भएन भने, उनीहरूले किटमा न त टोलीको प्रायोजकको लोगो राख्नेछन् न त विश्वकपको कुनै प्रवर्द्धनात्मक कार्यक्रममा भाग लिनेछन् ।

पाकिस्तानी टोलीले आगामी अक्टोबर ६ मा हैदरावादमा नेदरल्याण्डविरुद्ध खेल्दै सन् २०२३ को विश्वकपमा यात्रा सुरु गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT