Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलमाल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश


काठमाडौँ। नेपालले माल्दिभ्सलाई पराजित गरेको छ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले पराजित गरेको हो।

नेपालको लागि खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे। त्यस्तै, ३० औं मिनेटमा समिर तामाङले गोल गरे। नेपालको लागि तेस्रो गोल ८८ औं मिनेटमा निराजन धामीले गरे भने अतिरिक्त समयमा समिरले गोल गर्दै नेपालको जित सुनिश्चित गरे।

माल्दिभ्सको लागि ५८ औं मिनेटमा लायन रसिदले गोल गरे।

जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो। मादिभ्सविरुद्धको जितपछि नेपाल सेमिफाइनलमा पुगेको हो।

पाकिस्तानले माल्दिभ्ससँग १–१ को बराबरी खेलेकोले उ समूह बिजेता बनेको छ। एक खेल जितेको नेपाल भने समूह उपबिजेता बन्दै सेमिफाइलमा पुगेको हो।

समूह ‘बी’ बाट भारत र भुटान सेमिफाइनल पुगिसकेका छन्।

आजै हुने दोस्रो खेलमा भुटानले भारतको सामना गर्नेछ। यी दुई टोलीबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT