Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलशनिबारदेखि १९औँ एसियाड हाङ्चाओ सहरमा सुरु हुँदै

शनिबारदेखि १९औँ एसियाड हाङ्चाओ सहरमा सुरु हुँदै


काठमाडौँ । चीनको हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ ।

समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नेछन् ।

खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर पुगेका छन् ।

प्रतियोगितामा एशियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता हुनेछ । भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर)मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाओ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ । हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट शोसमेतको व्यवस्थापन गरिएको छ ।

एशियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय बनेको छ । प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी सहरमा समेत आयोजना हुनेछ । विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरुष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्मा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

करातेमा आठ, गल्फमा छ, कुस्तीमा चार, ह्यान्डबलमा १६, जुडोमा आठ, कपर्दीमा १२, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा छ, पौडीमा चार, फेन्सिङमा छ, टेबल टेनिसमा छ, टेनिसमा छ, ट्रायथलनमा चार, भलिबलमा २४, भारत्तोलनमा पाँच तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

एसियाडमा ठूलो सङ्ख्यामा नेपाली खेलाडी सहभागीता हुन लागेको पहिलो घटना हो । नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दैआएको छ ।

प्रतियोगीतामा मुलुकका तीन सुरक्षा निकायका विभागीय टोलीबाट एक सय ६२ जना खेलाडी सहभागिता रहनेछ । नेपाली सेनाका ६३, सशस्त्र प्रहरी बलका ५३ र नेपाल प्रहरीका ४६ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगीतामा भाग लिन केही खेलाडी प्रतियोगिता स्थल पुगिसकेका छन् भने केही जाने क्रममा छन् । क्रिकेट होस् वा अरु कुनै पनि खेल विधामा पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । एसियाडमा पदक लक्षित गरी नेपालले डेढ महिनादेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो ।

खेलकुद मात्र एउटा यस्तो विधा हो, शक्तिशाली राष्ट्रका अत्याधुनिक सुविधा सम्पन्न रङ्गशालामा आफनो देशको झण्डा फहर्‍याउने र राष्ट्रिय धुन घन्काउने अवसर प्रदान गर्छ । खेल कुटनीतिमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा हुने भएकाले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार बनेको छ ।

सरकारले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्म स्वाभिमान, प्रोत्साहन, पुरस्कारको व्यवस्थापन गरेको छ । वृत्ति विकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील छ ।

एशियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको विदाई कार्यक्रममा प्रधानमन्त्री दाहालले खेलाडीको मनोबल र वृत्ति विकासलाई सधैँ प्राथमिकतामा राखिने विश्वास दिलाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT