Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलराष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई


कास्की । पोखरामा आयोजना गरिएको महिला तथा पुरुष ‘लामाचौर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ ।

पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमन्ड युथ स्पोर्ट्स काठमाडौँलाई ३—१ सेटमा पराजित गरी उपाधि रक्षा गरेको हो ।

नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स० ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पुलिसले डायमन्डमाथि १८—२५, २५—२२, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

च्याम्पियन बनेको पुलिसले उपाधिसहित नगद रु एक लाख ५० हजार एक सय ११, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको डायमन्डले रु एक लाख एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।

यसअघि लिग चरणको खेलमा पुलिसले सबै खेल जित्दै शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा तृतीय हुँदै रु ५० हजार एक सय ११ पुरस्कार पायो । महिला भलिबलमा नेपाल पुलिस क्लब, न्यू डायमन्ड, सशस्त्र प्रहरीको एपिएफ क्लब र एभरेष्ट भलिबल क्लब बुटवलले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

यसैबीच प्रतियोगितामा पुुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्बलबीचको फाइनल खेल रोकिन पुगेको थियो । फाइनलमा दुई सेटको खेल समाप्तिपछि अँध्यारो भएपछि सोमबारका लागि खेल रोकिएको हो । पुरुषतर्फको फाइनल खेल आज हुँदैछ । पुरुषतर्फ लिगको अन्तिम खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै पुलिससँग नै फाइनल खेल्ने गरी स्थान पक्का गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT