काठमाडौँ। भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ। एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत श्रीलङ्काको कोलम्बोमा हुन लागेको खेलमा पाकिस्तानले टस जितेको हो।
भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ। सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो।
पाकिस्तानले ‘सुपर फोर’को पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो। भारतले ‘सुपर फोर’को पहिलो खेल खेल्न लागेको हो।
आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको छ। आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ। सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन्।
हिजो भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ। उसले अब भारतसँग खेल्न बाँकी छ। भारत र बङ्लादेशबीचको खेल शुक्रवार हुनेछ।