Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कपः श्रीलंकाले बंगलादेशलाई २१ रनले हरायो

एसिया कपः श्रीलंकाले बंगलादेशलाई २१ रनले हरायो


एजेन्सी । एसिया कप–२०२३ को सुपर–४ चरणको पहिलो खेलमा साविक विजेता श्रीलंका विजयी भएको छ । शनिबार श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

सुपर–४ मा बंगलादेशको यो दोस्रो हार हो । पहिलो खेलमा बंगलादेश पाकिस्तानसँग पराजित भएको थियो ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा टस जितेर बंगलादेशले पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली ४८.१ ओभरमा २३६ रनमा अलआउट भयो ।

योसँगै सुपर ४ मा लगातार दुई खेलमा पराजित भएको बंगलादेशको अब फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा श्रीलंकासँग २१ रनले स्तब्ध भयो । अब सुपर फोरको अन्तिम खेलमा उसले भारतसँग खेल्ने छ ।

भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना बाँकी हुने छैन । सुपर फोरमा भारतले एक खेल पनि खेलेको छैन भने पाकिस्तान र श्रीलंकाले एक–एक खेल खेल्दै २–२ अंक जोडेका छन् ।

श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २५७ रन बनायो । श्रीलंकाका सदिरा समरबिक्रमाले ९३ रनको उत्कृष्ट पारि खेले । यसैगरी कुशल मेन्डिस ५० रन बनाएर आउट हुँदा पथुम निसनकाले ४० रन जोडे ।

कप्तान डासुन सनकाले २४ तथा दिमुथ करुणारत्नेले १८ रनको पारि खेले । बंगलादेशका तक्सिन अहमद र हसन महमुदले तीन तीन विकेट लिए । सइफुल इस्लामले २ विकेट लिए ।

२५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४८.१ २३६ रनमा अलआउट भयो । बंगलादेशलाई रोक्ने क्रममा महेश तिक्षणा र महिषा पथिरानाले तीन तीन विकेट लिए । बंगलादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको पारि खेल्दा मुस्फिकुर रहिमले २९ रन जोडेका थिए । यसैगरी मेहदी हसनले २८ तथा मोहमद नइमले २१ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

Techie IT