काठमाडौँ । नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दाको अन्तिम बहस जिल्ला अदालत, काठमाडौंमा आज बिहीबार हुँदैछ ।
३ नम्बरमा रहेको उनको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलामा परेको छ । आज अन्तिम बहसको सम्भावना रहेको छ । यसअघि सन्दीपको मुद्दाको बहस पटक–पटक स्थगित हुँदै आएको छ ।
जिल्ला अदालत, काठमाडौंले आजका लागि फैसला पेसी तोकेपछि आज तीन नम्बरमा सनुवाइ परको हो । यसअघि गत १० भदौमा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको थियो ।
मुद्दाका कारण सन्दीप एसिया कपमा टिमसँगै पाकिस्तान जान पाएका थिएनन् । तर उनी केही ढिला गरी पाकिस्तान पुगेका थिए ।
पाकिस्तान र भारतसँगको खेलपछि समूह चरणबाटै बाहिरिएको नेपाली टोली हिजो बुधबार स्वदेश फिर्ता भइसकेको छ ।