Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कप क्रिकेटः नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

एसिया कप क्रिकेटः नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै


काठमाडौँ । एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा आज दिउँसो ३ः१५ बजे सुरु हुने खेलमा नेपाललाई भारतमाथि जित्नै पर्ने दबाब रहेको छ ।

समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । पाकिस्तानले दुई खेलबाट तीन अङ्क जोडिसकेको छ । पाकिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ । भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाका कारण रद्द भएको थियो ।

पाकिस्तानसँग बराबरी खेलेको भारतले नेपाललाई बराबरीमा रोक्न सके पनि अर्को चरणमा पुग्नेछ ।

नेपाललाई भने सुपर चारमा पुग्न भारतलाई हराउनै पर्ने दबाब छ ।

भारतको सिनियर टोलीसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको नेपालले सुधारिएको खेल प्रदर्शन गर्ने नेपालका प्रशिक्षक मोन्टि देसाईले बताएका छन् ।

पाकिस्तानविरुद्धको पहिलो खेलमा नेपालको व्याटिङ र बलिङ कम पक्ष कमजोर देखिएको थियो । तर, दोस्रो खेलमा सुधारिने प्रशिक्षक देसाईको विश्वास रहेको छ ।

नेपाललाई इतिहास रच्ने अवसर समेत रहेको उनले बताए ।

शनिबार भारत र पाकिस्तानको खेलमा वर्षा बाधक बने जस्तै सोमबार पनि श्रीलङ्काको कान्डीमा वर्षाको सम्भावना रहेको छ । यदि वर्षाले खेल रद्द भएमा नेपाललाई दुर्भाग्य हुनेछ । भारत भने बराबरी नतिजाले अगाडि बढ्नेछ ।

एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT