Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला विश्वकप छनोटमा नेपालले भुटानलाई हरायो

महिला विश्वकप छनोटमा नेपालले भुटानलाई हरायो


काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा आइतबार भुटानलाई पराजित गरेको छ। नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो।

नेपालले मलेसियामा भएको खेलमा भुटानले दिएको ४० रनको लक्ष्य भेट्टाउन १३.२ ओभर लगाउदा ७ विकेट गुमाएको थियो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले नटआउट १२ रन जोड्दा अरु ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन्। रुबिना बाहेक नेपालका लागि अरु ब्याटर दोहोरो अंकमा रन बनाउनबाट चुके।

बलिङमा भुटानकी अन्जुली घलेले ३ विकेट लिन सफल भइन्। उनले ४ ओभरमा १ मेडन राख्दा १२ रन खर्चिइन्। यस्तै छिरिङ जाङमोले २ विकेट हात पारिन्।

त्यसअघि नेपालले भुटानलाई २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रनमै समेटेको थियो। भुटानका लगि कप्तान डेचेन वाङ्मोले २१ रन जोडिन् भने अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा नेपालकी पूजा महतोले ३ विकेट लिइन्। उनले ३ ओभरमा १ मेडन राख्दा ६ रन खर्चिइन्। कविता कुवारले ४ ओभरमा १ मेडन राख्दा ७ रन दिइन भने १ विकेट लिइन्। यस्तै रुबिनाले ४ ओभरमा २ मेडन राखिन् भने ६ रन खर्चिएर १ रन दिइन्। खुसी डंगोलले १ विकेट हात पारिन्।

अब नेपालले समूहको चौथो खेलमा कतारसँग भोलि खेल्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT