Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलइनिएस्टा भन्छन् – चुम्बन काण्डले स्पेनी फुटबलको छवि बिग्रियो

इनिएस्टा भन्छन् – चुम्बन काण्डले स्पेनी फुटबलको छवि बिग्रियो


एजेन्सी । स्पेनिस फुटबलका महान खेलाडी आन्द्रेस इनिएस्टाले महिला विश्वकपको फाइनलपछि जेन्नी हर्मोसोसँग जबर्जस्ती चुम्बन गर्दा स्पेनी फुटबलको छविमा क्षति पुगेको बताएका छन् ।

इनिएस्टाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “‘म एक व्यक्तिको, तीन छोरीहरूको बुबाको, एक पतिको र एक फुटबलरको रूपमा’ हाम्रो फुटबल र स्पेनिश महिला राष्ट्रिय टोलीको वरिपरि के भएको छ भनेर मेरो दुःख व्यक्त गर्न चाहन्छु ।”

सन् २०१० को पुरुष फाइनलमा नेदरल्याण्ड्सविरुद्ध गोल गरी स्पेनलाई उपाधि दिलाउन सफल इजिरेका गोलकर्ताले भन्नुभयो, “विश्वकप जित्ने एक टोलीको सदस्यका रूपमा मलाई उहाँको उक्त कार्य (चुम्बन)ले हाम्रो उपलब्धिलाई कलङ्कित गरेको महशुस भएको छ ।”

सिड्नीमा इङ्ग्ल्याण्डविरुद्धको फाइनलमा १–० को जित हात पारेपछि हर्मोसोले ओठमा चुम्बन गर्न आफूले कुनै पनि समयमा सहमति नदिएको बताएकी थिइन् ।

हर्मोसो र स्पेनका अन्य ८० खेलाडीले नेतृत्व परिवर्तन नभएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने बताएका छन् । महिला टोलीका अधिकांश प्रशिक्षकले पनि राजीनामा दिएका छन् ।

“राष्ट्रिय टोलीका सबै खेलाडीले अहिले कस्तो महसुस गरिरहेका छन् म कल्पना पनि गर्न सक्दिनँ । उनीहरूले आफूसँग भएको महान प्रतियोगिता र हामीलाई सिकाएको शानदार फुटबलको बारेमा कसरी कुरा गरिरहेका होलान्,” इनिएस्टाले भने ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुबियाल्सलाई ९० दिनका लागि निलम्बन गरेको थियो । स्पेनी महासङ्घले रुबियाल्सले आफ्नो बचाउ गर्ने बताउँदै भनेको छ, “त्यसैले सत्यको विजय हुन्छ र उनको पूर्ण निर्दोषता प्रमाणित हुन्छ ।”

स्पेनको खेलकुदसम्बन्धी प्रशासनिक अदालत ९टीएडी० ले सोमबार बस्ने बैठकमा ४६ वर्षीय रूवियाल्सलाई अध्यक्षको जिम्मेवारीबाट निलम्बन गर्न सरकारले गरेको अनुरोधमाथि विचार गर्ने स्पेनी सञ्चारमाध्यमले आइतबार रिपोर्ट गरेपछि थप जटिलताको सामना गर्नुपर्ने हुन सक्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT